चरिकोट, १९ मंसिर। दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले मतान्तरलाई फराकिलो पार्दै लिएका छन् ।

पछिल्लो परिणामअनुसार कार्कीले प्रतिस्पर्धी एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीभन्दा ११९५ मतले अघि छन् । कार्कीले ३५ हजार ७९० मत प्राप्त गर्दा सिवाकोटीले ३४ हजार ५९५ मत प्राप्त गरेका छन् ।

अब शैलुङ गाउँपालिका १ दुधपोखरी र मेलुङ गाउँपालिका १ पवटीको मत परिणाम आउन बाँकी छ ।