दोलखा, १९ मंसिर । दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

उनले प्रतिस्पर्धी एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरेका थिए ।