सन्तोष दहित
घोराही, ६, साउन । नेपालको किसान आन्दोलनको पहिला शहीद किसान नेता गुम्रा थारुलाई अखिल किसान महासंघले सम्झेको छ । विहिबार विहान एक कार्यक्रमको आयोजना गरेर शहिद किसान नेता थारुलाई सम्झेको हो । थारुको ५६ औं स्मिृत दिवसको अवसरमा घोराहको ट्राफिकमा रहेको शालिकमा माल्यार्पण गरिएको छ । शहीद गुम्रा थारुको शालिकमा माल्यार्पण गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणी चौधरीले शहीद गुम्रा थारुले देखाएको बाटोमा सवै किसान एक भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘गुम्रा थारुले देखाएको बाटो विरायौं भने सवै किसान आन्दोलन उपलब्धविहिन हुने छ ।’ कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता चौधरीले शहिद थारुकोे त्याग र वलिदानले मात्रै आम किसानहरु पक्षमा परिवर्तन भएको दाबी गर्नुभयो ।
लक्ष्मीपुर ६ बेलुवा बन्जाडेका किसान नेता गुम्रा थारुले लामो समयदेखि किसान आन्दोलनको पक्षमा आवाज उठाइरहेकाथिए । पटक–पटक भइरहेको किसान आन्दोलनको नेतृत्व गर्दै आइरहेका नेता थारुलाई २०१७ साल ६ गतेका दिन खेत जोतिरहेको बेला पुलिसले थारुलाई गोलि हानी हत्या गरेकाथियो ।
किसान महासंघ राप्तीका सचिव गेहेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा किसान महासंघका प्रदेश नम्मवर ५ का उपयोजक टीकाराम खड्का, प्रदेश सदस्य देवि पोख्रेल, राप्ती अञ्चलकी पुर्व सदस्य सीता न्यौपाने लगायतले बोल्नुभएकोथियो । कार्यक्रमको सञ्चालन युवा किसान महासंघ दाङका सचिव अर्जुन पन्थीले गर्नुभएकोथियो ।
कार्यक्रममा नेकपा एमालेका विभिन्न जनवर्गिय संगठनका प्रमुख तथा पार्टीको कार्यकर्ताहरुको ठुलो उपस्थितिरहेकोथियो । त्यहि अवसरमा शहीद गुम्रा थारुको शालिकको वरिपरी सरफाई गरिनुको साथै फुलपनि रोपिएको थियो ।।
