इन्द्रेणी संवाददाता
दाङ, ६ साउन
३४ औँ विपी स्मृति दिवसका अवसरमा आज नेपाल प्रेस युनियन दाङले बृक्षारोपन गरेको छ । तुलसीपुर स्थित राप्ती अञ्चल अस्पतालको हाताभित्र युनियनले बृक्षारोपन गरेको हो । अस्पताल हाता भित्र रुद्राक्षका दर्जन बढि विरुवा रोपिएको हो ।images

साथै त्यस अवसरमा औपचारिक कार्यक्रम समेत गरिएको थियो । युनियन दाङका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विपी चिन्त केन्द्र दाङका अध्यक्ष बिनोद पोख्रेलले विपीका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले विपीको विचार र सिद्धान्त नै अहिले सम्म नेपालमा सर्वश्रेष्ठ रहेको वताउनु भयो ।

नेपाली नागरीक हरुलाई आफुसम्मको आर्थिक हैसीयतमा कसरी ल्याउन सकिन्छ भनि चिन्तन गर्ने विपि कोईरालालाई नागरीकका मनको कुरा गर्ने एक कुशल नेताका रुपमा केन्द्रका अध्यक्ष पोख्रेलले स्मरण गर्नुभयो । नेपाल र नेपालीको हितमा नयाँ सिद्धान्तको प्रतिपादन गरेका कोईराला पछि पनि धेरै नेता भएपनि त्यस्तो राम्रो विचारको सम्पादन अहिले सम्म हुन नसकेको पोख्रेलले वताउनु भयो ।

अहिले पनि विपि कोइरालाको समाजवादी निति नै सर्वश्रेष्ठ रहेको उहाँको भनाईथियो । कार्यक्रमको सहजीकरण सचिव देवेन्द्र वस्नेतले गर्नुभएको थियो । ।