देउखुरी ६ साउन ।
देउखुरीको बेला २ कठबेरुवामा निमार्ण हुने भनिएको १३.५ किलोवाट क्षमताको हाइड्रो पावर ओझेलमा परेको छ । समुदायको सक्रियतामा माइक्रो हाइड्रो पावर निमार्णका लागी प्रारम्भीक कार्य सम्पन्न भएपनि राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र वन मन्त्रालयले ध्यान नदिएपछि योजना ओझेलमा परेको हो ।
बेला स्थित गुरुङ खोलाबाट उत्पादन गर्ने लक्ष्य राखि १ करोड २८ लाख रुपैयाँ बराबरको डिजाइन इष्टीमेट सहित ३ वर्ष अघि बोसिन नामको कम्पनीेलेसर्वे समेत गरिसकेको अवस्थामा मन्त्रालय र समितिले १ करोड रुपैयाँ दिन आनाकानी गरेपछि उक्त योजना अलपत्रमा परेको जिल्ला भु संरक्षण कार्यालय दाङका प्रमुख शेषदत्त चौधरीले जानकारी दिनुभयो ।
उक्त जलविद्युत योजनाका लागि स्थानीय समुदायले २८ लाख रुपैयाँ जुटाउन तयार हुदाहुदै पनि राज्य पक्षले नै समुदायको विश्वास नगरेको बेला २ स्थित हरियाली कठबेरुवा चुरे संरक्षण समितिका अध्यक्ष सुर्यप्रसाद चौधरीले बताउनुभयो ।
कठबेरुवा गाउँको ३ सय ५० घरधुरीका साथै अहिले सम्म विद्युत पुग्न नसकेको गुरुङखोला, सुकौली, पटौली, कल्याणपुर, खंग्रा, अटबरुवा, क्षग्रिया, जगमारा, भैसाही, मनरा, ख्रिकिया, भौका लगायतका नाकाहरु उक्त हाइड्रो पावरबाट उत्पादित विद्युतबाट लाभान्भित हुने विश्वास गरिएको थियो ।।