काठमाण्डौ, ६ साउन
काठमाण्डुमा बिहानै स्कूल बसमा आगजनी गरिएको छ । काठमाण्डुको डल्लुस्थित विष्णुमती पुलनजिक गुडिरहेको ललितपुरमा रहेको आइडल मोडल स्कूलको विद्यार्थी बोकेको बसमा आगजनी गरिएको हो ।
तीन जना अज्ञात व्यक्तिले बस रोकेर विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएको प्रहरीले जनाएको छ । आगो लगाउने वित्तिकै उनीहरु भागेका थिए ।
विहान साँढे ६ बजे गरिएको आगजनीबाट बा २ क ४६९ नम्बरको बस जलेर पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।।
