काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष झलनाथ खनालले हालको चुनावी मत परिणामलाई स्वीकार नगर्ने बताएका छन् । मंगलबार मकालुखबरसँग कुराकानी गर्दै खनालले चुनावमा इलाम १ को मत परिणाममा निर्वाचन आयोगले हेलच्याँक्री गरेको भन्दै मत परिणामको विपक्षमा अदालत जाने बताए ।
उनले कुनै बुधमा खसेको भन्दा धेरै मत भएको र कुनै बुधमा नपुगेको दावी गर्दै निर्वाचन आयोगले घोषणा गरेको परिणामलाई अस्वीकार गर्ने बताए । खनालले यो साताभित्रै सबुत प्रमाण लिएर पुनः मतदानका लागि आयोग जाने बताए ।
यस्तो छ नेता खनालको असहमती
इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको थियो । यता सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार थिए । मत गणना गर्दा क्षेत्र नम्बर १ मा २५ मतपेटिकामा ४ सय ३७ मत कम र अर्को ६ मत पेटिका गन्दा २ सय ६६ मत खसेको भन्दा बढी देखिएको खनालको आरोप छ ।











