काठमाडौँ, ६  साउन  सरकारविरुद्ध संसद् सचिवालयमा अविश्वास प्रस्तावको सूचना दर्ता भएपछि बढेको राजनीतिक ध्रुबिकरण अन्त्य गर्न दलहरू असफल भएका छन् । संसद्को कार्यसूची कसरी अगाडि बढाउने भन्नेमा दलहरू पूर्ववत अडानमा छन् ।

नेपालको-सांसद-भवन

दलीय धु्रबिकरण अन्त्यका लागि सभामुख ओनसरी घर्तीले मङ्गलबारबाट राजनीतिक परामर्श तीव्र पार्नुभए पनि परिणामुखी बन्न सकेको छैन् । संसद्को कार्यसूचीबारे आज बिहान शीर्ष नेतासँग परामर्श गरेर अन्तिम निष्कर्षमा पुग्ने धारणा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले राख्नुभएको छ ।

दिनभरको राजनीतिक परामर्शपछि साँझ सभामुख घर्तीले कार्यव्यवस्थाको बैठक बोलाउनुभएको थियो । कार्यव्यवस्थामा पनि दलीय धारणाअनुसार नै सुझाव आएपछि आज बिहान शीर्ष नेतासँग परामर्श गरी निष्कर्षमा पुग्ने जानकारी बैठकमा उहाँले दिनुभएको संसद्् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।