
काठमाडौँ, ६ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले व्यवस्थापिका संसद्को बैठकमा छलफलका लागि सरकारद्वारा प्रस्तुत तीनवटा विधेयक संसद् सचिवालयबाटै हराएको बताउनुभएको छ ।
![/fHo–Joj:yf ;ldltsf] a}7s Joj:yflksf–;+;bcGt{ut /fHo–Joj:yf ;ldltsf] dªunaf/ l;+xb/af/df a;]sf] a}7s . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://indrenionline.com/wp-content/uploads/2016/07/1466497943539_RoS_KTM_160621_IMG_0966.jpg)
नेपालको संविधान कार्यान्वयनका लागि मौजुदा कानुनमा संशोधन तथा निर्माणको अवस्थाबारे हिजो सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो बताउनुभएको हो ।।










