काठमाडौँ, साउन ६ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको विस्तृत छानबिनको ‘मोडालिटी’ तयार पारेको छ । आयोगले विस्तृत छानबिन र तथ्याङ्क सङ्कलनका लागि ‘एन्टिमोर्टम’ तथ्याङ्क सङ्कलन फाराम तयार पारेको छ ।

bepatta-nagarikफाराममा व्यक्ति बेपत्ता पूर्वका सम्पूर्ण विवरण भराउन आयोग टोली भदौभित्रै प्रत्येक उजुरीकर्ताको घरघरमा पुग्नेछ । वैयक्तिक विवरण सामेल १९ पृष्ठको उक्त फाराम आयोगले बिहीबार अनुमोदन गर्दैछ । द्वन्द्वकालीन घटना अनुसन्धानका लागि गठित आयोगले प्रयोग गरेकोमध्ये यो विशिष्ट पद्धति हो । द्वन्द्वका क्रममा सबैभन्दा बढी १५ हजार व्यक्ति बेपत्ता भएको पेरुमा पनि यो प्रणालीको प्रयोग भएको छैन ।

आयोग सदस्य एवं प्रवक्ता प्रा।डा। विष्णु पाठकले विस्तृत अध्ययनका लागि तथ्याङ्क सङ्कलन गर्न एन्टिमोर्टम फाराम तयार भइसकेको जानकारी दिनुभयो । पाठकले सङ्क्रमणकालीन न्यायको घटना छानबिनका लागि विश्वका कुनै पनि आयोगले प्रयोग गरेभन्दा नयाँ र वैज्ञानिक पद्धति विस्तृत अध्ययनमा अपनाइएको बताउनुभयो ।।