कैलाली, ६ मंसिर । कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनलाई पाँच हजार ३७१ मतले पछिपार्दै चौधरी विजयी भएका हुन् । चौधरीले २३ हजार १२० मत प्राप्त गरेका थिए । गठबन्धनका उम्मेदवार कुन्दनले १७ हजार ७४९ मत प्राप्त गरे ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार गौरीशङ्कर चौधरीले नौ हजार ८७४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विरेन्द्रबहादुर बमले सात हजार ४५, नेपाल किसान पार्टीका उम्मेदवार गङ्गादेवी पौडेलले १६१, नेपाल कम्युनिष्ट पार्टी मालेका परेकबहादुर रावलले ९९०, स्वतन्त्र उम्मेदवार नविनकुमार बोहराले ४८४ र अर्का स्वतन्त्र उम्मेदवार रमेश आचार्यले २९६ मत प्राप्त गरेका थिए ।

सो क्षेत्रमा एक लाख सात हजार ६५९ मतदाता रहेको ३ नम्बर क्षेत्रमा कुल ६३ हजार ७४० मत खसेको थियो । जसमध्ये चार हजार २१ मत बदर भएको थियो ।