काठमाडौँ, ६ मंसिर । निकै चर्चामा रहेका चन्द्रकान्त(सीके) राउत सुरुवातीबाटै अग्रतामा छन् । सप्तरी २ बाट जनमत पार्टीबाट उम्मेदवार बनेका राउत अहिले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि छन् ।

अहिलेसम्म गणना भएको मतमा राउतले ११ हजार ६ सय ६९ मत ल्याएका छन् भने एमालेसँग तालमेल गरेका यादवले ५ हजार ८ सय ४६ मत ल्याएका छन् । राउत यादवभन्दा ५ हजार ८ सय २३ मतले अगाडि छन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुर छन् । उनले २ हजार १ सय ६५ मत ल्याएका छन् ।