गोरखा, ६ मंसिर। प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारभन्दा ५ हजार १२८ मतले अगाडि छन् ।

दाहालले सात हजार ५७ मत ल्याएका छन् भने निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले एक हजार ९२९ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका अब्दुस सलाम मियाँले एकहजार ६७६ मत प्राप्त गरेका छन् । लिनुभएको छ । मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले ३९२ र राप्रपाका सुशील पन्तले २३१ प्राप्त गरेका छन् । यो नतिजा १२ हजार २१७ मत गणना गर्दाको हो ।