जाजरकोट, ५ साउन
जाजरकोट जिल्ला अस्पतालको जग्गा अतिक्रमण गरि स्थानियले घरटहरा निर्माण गरेका छन् । सदरमुकामको ठाटीबजारमा रहेको अस्पतालको ४० रोपनी जग्गामा ५ रोपनी बढी जग्गा स्थानीयबाट कब्जा भएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले जानकारी दिनुभएको छ ।
दर्जन बढी पक्कि घर बनेका छन । लभ रोडको दायाँ बाँया र थाप्लेचौर जाने बाटोको दायाँबायाको जग्गा स्थानीयबाट अतिक्रमण भएको अध्यक्ष शाहले बताउनुभयो । अतिक्रमण रोक्न आफुले सक्दो प्रयास गरेपनि एक्लो प्रयासले समस्या समाधान नभएको उहाँको भनाई छ ।
२०३३ सालमा स्थापना हँुदा अस्पतालको नाममा प्राप्त भएको जग्गा मध्ये अस्पतालले ८ रोपनी जिल्ला अदालत, डेढ् रोपनी खोनेपानी तथा सरसफाई सव डिभिजन कार्यालय र ११ आना बृद्धाश्रमका लागि उपलब्ध गराएको छ । तर बाँकी रहेको जग्गामा स्थानियको अतिक्रमको बढेको अस्पताल प्रशासनले जनाएको छ ।।