जाजरकोट, ५ साउन
जाजरकोटमा यस वर्ष धान रोपाई समयमै सकिने भएको छ । समयमै वर्षा शुरु भएका कारण जिल्लामा श्रावणको तेस्रो हप्तासम्ममा सबै रोपाई सकिने जिल्ला कृषिविकास कार्यालयले जनाएको छ । ropai1-750x515

अहिलेसम्म करिब ९५ प्रतिशत रोपाई सकिएको छ । जिल्लामा  ३ हजार ६३  हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

धानको अलावा १२ सय हेक्टरमा भट्मास र १० हेक्टरमा कोदो खेतिका लागि तयारी भइरहेका कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चित्र बहादुर रोकायले जानकारी दिनुभयो  ।

यस्तै जाजरकोटबाट यस वर्ष गत वर्षहरुमा भन्दा धेरै मकै बाहिरी जिल्लाहरु निर्यात भएको पनि जिल्ला कृषी विकास कार्यालयले जनाएको छ