दाङ, ५ साउन
तुलसीपुर उद्योग वाणिज्य संघले दानमा प्राप्त भएको जग्गामा बहुउदेश्यीय सभागृह निर्माणको प्रक्रिया सुरु गरेको छ । गत वर्ष तुलसीपुरमा आयोजित धार्मिक महोत्सववाट बचत भएको दुई करोड बढी रकमवाट भवन निर्माणको प्रक्रिया सुरु गरिएको संघका अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो । tt

तुलसीपुर ९ दोघरेमा संघलाई प्राप्त चार कठ्ठा क्षेत्रफलको जग्गामा बहुउदेश्य सभागृह निर्माणका लागि जग्गाको नाप नक्साङकन गरिएको र अबको केही दिन भित्रै कम्पाउन्ड निर्माणको काम सुरु हुने अध्यक्ष रिजालले बताउनुभयो ।

यसैविच, तुलसीपुरमा वहुउदेश्य सभाहल निर्माणको लागि बजेटको व्यवस्था गरिएको कुरा अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा उल्लेख गरे पनि त्यसवारे अन्यौलता थपिदै गएको जानकारहरु बताउँछन् ।

सरकारको नयाँ आर्थिक वर्षको बजेट भाषणमै उल्लेख भएको कुरावारे सोधिखोजी गर्न वाणिज्य संघका पदाधिकारी काठमान्डौं पुग्दा एमालेका नेताहरुले अरनीको मैदानमै उक्त सभाहल निर्माण गर्ने भएमात्रै बजेट उपलब्ध हुने बताएको वताइन्छ ।।