तुलसीपुर, ५ साउन
ईलाका प्रशासन कार्यालय दाङ तुलसीपुरले आर्थिक वर्ष २०७२÷७३ मा ६ हजार ९१ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ । त्यसैगरी प्रतिलिपी नागरिकता २ हजार २८ प्रदान गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले दलित जनजाती को सिफारीस ७७५, नावालक परिचय पत्र १३८ अन्य सिफारिस ९१५ दिएको कार्यालयका सुचना प्रमुख यादव भुसालले जानकारी दिनुभएको छ । त्यसैगरी कार्यालयले ३ हजार ९ सय २७ वटा राहदानी वितरण गरेको जनाएको छ ।
त्यस्तै प्रसासन कार्यालयले गत बर्ष भन्दा ३५लाख ६ सय बढी राजश्व सकंलन गरेको जनाएको छ । गत आर्थीक बर्षमा ईलाका प्रशासन कार्यालयले१ करोड ७७ लाख ३५हजार रुपैया सकंलन गरेकोमा यस बर्ष बढेर रु २ करोड १२ लाख ३५हजार ६ सय रुपैया सकंलन गरेको थियो ।
कार्यालयका नायव सुब्बा यादव भुषालका अनुसार राहादानीबाट राजश्व सकंलन २ करोड १२ लाख २५ हजार, हतियार नबिकरण ६ हजार ६ सय रुपैयाँ, प्रशासनिक दण्ड जरिबाना वापत ४ हजार राजश्व सकंलन गरेको बताएको छ ।।