काठमाडौ, ५ साउन
मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय संस्था एम्नेष्टि ईन्टरनेशनलले कैलाली घटनापछि प्रहरीले थारु समुदायमाथी ज्यादती गरेको जनाएको छ । संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा स्थानिय प्रहरीले मनपरि पक्राउ, यातना, तथा पक्राउ परेकालाई स्वास्थ्य उपचार समेत उपलब्ध नगराएको उल्ल्ेख छ ।kailali-650x418

८ प्रहरी अधिकारी तथा एक नाबालकको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई कारागारमा भेटि एम्नेष्टिले घटनाको प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ ।

कैलालीको धनगढि कारागारमा रहेका  १९ मध्ये अधिकांश बन्दिले र प्रहरीले अमानविय ढङ्गले कुटपिट गर्ने गरेको, विरामी हुँदा उपचार नगराएको गुनासो गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।

एम्नेष्टिले नेपाली अधिकारीलाई घटनाबारे निष्पक्ष रुपमा अनुसन्धान गर्न आग्रह गर्दै यातना पिडित बन्दिलाई अन्तराष्ट्रिय कानुन अनुरुप न्याय दिलाउन भनेको छ ।।