काठमाण्डौ, ५ साउन
डा. गोविन्द केसीको आमरण अनसन आज ११ दिनमा पनि जारी रहेको छ । अनसनका कारण उहाँको स्वास्थ्य कमजोर बन्दै गएको छ । डा. केसीको स्वास्थ्य बिर्गीदै गएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्यमा समस्या देखिन थालेपनि आइसीयुमा सार्ने तयारी पनि भएइरहेको छ । आठौँ पटकको आमरण अनशनका क्रममा उहाँले समर्थन र विरोधमा चिकित्सक र सरोकारवालाहरु सडकमा उत्रिएका छन् । आज पनि उहाँको समर्थनमा चिकित्सकहरुले प्रदर्शन गर्ने भएका छन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का आवासीय चिकित्सकले बहिरंग सेवा बहिष्कार गरेपछि उपचार सेवा पनि प्रभावित भएको छ । आकस्मिक कक्ष, आइसियू, शल्यक्रिया र इनप्यासेन्ट सेवा चलिरहेको छ ।।
