काठमाण्डौ, ५ साउन
कांग्रेस महामन्त्री शशांक कोइराला आज डिस्चार्ज हुँदै हुनुहुन्छ । काठमाण्डुको चावहिलमा रहेको ओम अस्पतालमा उपचार सकेर कोइराला डिस्चार्ज हुन लाग्नु भएको हो । shashank-1

दुई सातादेखि अस्पतालमा भर्ना भएका कोइरालाको निमोनिया निको भएकोले डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ । कोइरालाको रगत, फोक्सोको एक्स–रे परीक्षण प्रतिवेदन पनि सामान्य देखिएको छ ।

घर गए पनि करिब दुई सातासम्म आराम नै गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । कोइरालाको उपचारका लागि भारतीय चिकित्सकको टोली समेत आएको थियो ।।