रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव साथै पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुनले निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र सातवटै प्रदेशमा दुईतिहाइ बहुमत प्राप्त गर्ने बताएका छन् ।

Open photo

केपी ओलीले जनमतको अपमान गरी पटकपटक संसद विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको पुनको प्रष्टोक्ति छ । उनले चुनाव जित्न र सत्ता स्वार्थका लागि मात्र गठबन्धन नभएको उल्लेख गरे ।

‘जित्नकै लागि चुनावमा सहभागी हुने हो, तर सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको होइन’, गृहजिल्ला रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँमा शनिबार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘केपी ओलीको पटकपटकको प्रतिगमनका कारण यो गठबन्धन बनेको हो । सत्ता स्वार्थका लागि मात्र भएको होइन ।’

Open photo

पुनले गठबन्धनले जनमतको सम्मान गर्ने भन्दै कुनै पनि हालतमा पाँच वर्षे कार्यकालको बीचैमा प्रतिनिधिसभा विघटन नहुने प्रतिबद्धता जनाए । उनले जनताको जनमतलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए ।

पुनले भौतिक तथा मानवीय पूर्वाधार, जनताको आयमा वृद्धि र जीवनस्तरमा सुधार नै असली अर्थमा समृद्धि भएको चर्चा गर्दै पुनले त्यसका लागि संघीय सरकार, सातवटै प्रदेश सरकार तथा स्थानीय तहबीच एकीकृत र समन्वयात्मक ढंगले काम गरिने बताए । निरंकुशता र प्रतिगमन रोक्न कांग्रेस-माओवादी एकै ठाउँमा उभिनुपर्ने बाध्यता सिर्जना भएको भन्दै विगतका तीतामिठा घटना बिर्सिएर अघि बढ्न नेता कार्यकर्तालाई उनले निर्देशनसमेत दिए ।

सत्ता गठबन्धन पाँच वर्षसम्म जानेमा शंका नगर्न उनको आग्रह थियो । रोल्पामा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा नै नहुने उनको दाबी छ ।No description available.