कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन अभिनयमा गरिएको मेहनतको चर्चा हुन्छ। बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाँच्न थालेका छन्। डिजिटल प्लेटफर्महरूको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने, अध्ययन गर्ने शैली अधिकांश नयाँ पुस्ताका कलाकारमा देखिन थालेको छ। व्यावसायिक भइरहेको छ रङ्गमञ्चपुस्ता

प्रायः फिल्ममा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’ को आरोप खेपिरहेका नयाँ पुस्ताका कलाकार भने मेहनती देखिन थालेका छन्। प्रदीप खड्काले ‘प्रकाश’, अनमोल केसीले ‘छड्के २’, स्वस्तिमा खड्काले ‘चिसो मान्छे’, आँचल शर्माले ‘झिँगेदाउ’ मा निर्वाह गरेको भूमिकाको चर्चा भयो।Swastima Khadka ( Actress) Biography | Nepali Feed

यस्तै चर्चा केही अगाडि रङ्गमञ्च हुँदै फिल्ममा उदाएका कलाकार सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीको हुने गर्थ्यो। यद्यपि पछिल्लो समय उहाँहरू कलात्मकभन्दा पनि व्यावसायिक बढी भएको आरोप लाग्ने गरेको छ। नयाँ पुस्ता चरित्र निर्माणमा गम्भीर भएर पेसाप्रति लगनशील हुँदा रङ्गमञ्चबाट उदाएको पुस्ताले झनै सशक्त हुनुपर्ने हो। पारिवारिक दायित्वबोध गरेर नै सङ्ख्यामा वृद्धि भएको अभिनेता सौगात मल्ल स्वीकार्छन्। Saugat Malla | Biography, Girlfriend, Age, Height, family

मैले अभिनयसँगै आफ्नो पारिवारिक दायित्व पनि पूरा गर्नुपर्ने भएकाले सङ्ख्या बढाएको हुँ। सुरुआतमै कुनै कथा बेकार हुँदैन। निर्माणकै क्रममा समस्या भने आउँछ’, अभिनेता मल्लले भने, ‘मैले पहिला आफ्नो भूमिका मात्र हेर्थेँ तर अहिले पूरै कथा पढ्छु। केही फिल्म सम्बन्धकै कारण पनि गरेको छु।’Open photo

चरित्रमा गर्ने मेहनतले चिनिएका कलाकार हुन् – विपिन कार्की। पात्रमा बाँच्ने अभिनेता कार्की लुट, छड्के, पशुपति प्रसाद, जात्रा, नाका, हरि, प्रसाद, सेल्फी किङ्ग जस्ता फिल्ममार्फत स्थापित भएका हुन्।विपिन कार्की

आफूले पाउने भूमिकालाई पर्दामा जीवन्त उतार्ने भएकाले नै उनलाई चरित्र प्रधान फिल्ममा निर्माता तथा निर्देशकले खोज्ने गरेका छन्। थिएटर हुँदै फिल्ममा आउनुभएका अभिनेता कार्कीको सङ्घर्ष कम छैन। अभिनय र चरित्रका लागि आफूलाई समर्पण गर्ने अभिनेता कार्कीलाई पछिल्लो समय व्यावसायिक भएको आरोप लाग्ने गरेको छ। पात्र, कथाभन्दा पनि आफ्नो पारिश्रमिक हेर्ने गरेको आरोपलाई अभिनेता कार्की भने स्वीकार्दैनन्।

‘फिल्म निर्माणको उद्देश्यअनुसार मैले डिमान्ड गर्ने गरेको छु। तपाईंको उद्देश्यनै पैसा कमाउने छ भने मैले पारिश्रमिक भन्न किन नपाउने’, अभिनेता कार्की भन्छन्, ‘मैले एक लाख पारिश्रमिकमा हालै पनि फिल्म गरेको छु। त्यसैले मलाई व्यावसायिक मात्र भएको भन्न मिल्दैन।’ उनको पारिश्रमिककै कारण केही फिल्मलाई समस्या नपरेको होइन। अभिनेता कार्कीको मुख्य अभिनय रहने फिल्म ‘प्रसाद २’ अझै छायाङ्कन हुनेमै अन्योल छ। Open photo

निर्माता सुभाष थापा कलाकारले पारिश्रमिक बजारअनुसार सन्तुलन गर्नुपर्ने बताउँछन्। ‘नेपाली बजारमा हुने आम्दानीको आधारमा पारिश्रमिक नभए फिल्म बनाउन आउँदो समयमा गाह्रो हुन्छ। कलाकारले बढी पारिश्रमिकभन्दा पनि सेयरमा बसेर फिल्म निर्माणमा सघाउनु पर्छ’, निर्माता थापाले भने, ‘पारिश्रमिककै कारण अहिले दुई करोडभन्दा कममा फिल्म बन्न सकेको छैन। हामीलाई लगानी गर्न निकै अप्ठ्यारो भइरहेको छ।’ राससNo description available.