दाङ, ५ साउन
पछिल्लो समयमा राष्ट्रिय सेवा दलको तालिम लिन विद्यार्थीहरुमा आकर्षण देखिएको छ । हरेक बर्षजस्तै यो बर्ष पनि विभिन्न विद्यालयमा नेपाली सेनाले शुरु गरेको राष्ट्रिय सेवा दलको तालिम विद्यार्थीहरुको आकर्षण देखिएको हो । राष्ट्रिय सेवा दलले यो बर्ष ६३ जिल्लाका ८१ वटा विद्यालयहरुमा जुनियर डिभिजन तालिम संचालन सञ्चालन गर्दै छ ।2-1

जसअनुसार राप्तीका दाङमा गोरखा पब्लिक स्कूल घोराही, रुकुममा यमुनानन्द नमूना उमावि, सल्यानमा त्रिभुवन जनता उमावि, प्युठानमा महेन्द्र नमूना उमावि र रोल्पामा बालकल्याण उमाविमा यो तालिम सञ्चालन हुने सेवा नेपाली सेनाले जनाएको छ ।

हालसम्म जुनियर डिभिजनका ४२ र सिनियर डिभिजनका ११ वटा ब्याच दीक्षित भइसकेका छन् । यसमा उत्कृष्टा हासिल गर्ने विद्यार्थीले बिदेशमा पनि आफ्नो प्रस्तुति देखाउन पाउँछन् । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सिसं ४३ औं ब्याच दाङ शाखा जुनियर डिभिजन एनसीसी तालिमको प्रथम प्रवचनसम्पन्न भएको छ । नेपाली सेनाको रिपुमर्दन गणले सञ्चालन गर्ने तालिममा गणपति प्रमुख सेनानी अञ्जनशेखर खत्रीले प्रवचन दिनुभएको थियो ।
3-1
विद्यार्थीमा अनूशासन, नेतृत्व विकास, वफादारिता, राष्ट्रिय एकताको भाव पैदा गर्दै स्वयमसेवक दस्ता उत्पादन गर्ने यसको लक्ष्य रहेको गणति खत्रीले जानकारी दिनुभयो । ‘तालिमको उद्देश्य सिपाही उत्पादन गर्नु होइन, असल नागरिक बनाउनु हो’– उहाँले भन्नुभयो ।

 

 

राष्ट्रिय सेवा दल भनेको के हो ?द्ध

राष्ट्रिय सेवा दलको इतिहास सन् १६६६ मा जर्मनीमा प्रारम्भ भएको थियो। त्यसपछि त्यसको निरन्तरता देखिँदैन। सन् १८५६ को क्रिमियाको युद्धपश्चात् बेलायतका नेबल फौजका धेरै व्यक्ति हताहत भए। यता बेलायतमा तिनका बच्चाहरू टुहुरा भए। ती बच्चालाई समेटेर उनीहरूलाई शिक्षादीक्षा पनि दिने र निश्चित प्रकारको तालिम प्रदान पनि गर्ने हेतुले सबैभन्दा पहिले नेभल ल्यान्ड्स बिग्रेड खडा भयो। त्यो कार्यक्रम नै पछि विश्वभर नै कुनै न कुनै रूपमा सञ्चालित छ।

त्यसैको फलस्वरूप साउथ एसियामा खास गरी ब्रिटिसको उपनिवेश भएका मुलुकहरूमा अगाडि पनि थियो। स्वतन्त्रता प्राप्त गरेपछि उनीहरूले राष्ट्रिय सेवा दलमार्फत् आफ्ना युवाहरूलाई तालिम दिने प्रचलनको शुरुआत भयो। खास गरी श्रीलंकामा सन् १८८१ बाट शुरू भएको हो। भारतमा सन् १९५३ बाट, नेपालमा सन् १९६५ बाट शुरू भएको हो ।।