सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको बैठकले सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको डटेर सामना गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दलले संसदमा दर्ता गरेको अविश्वासको प्रस्तावको डटेर सामना गर्ने निर्णय गरेको हो ।
एमालेले संविधान कार्यान्वयन हुन नदिने खेल सुरु भएको निश्कर्ष पनि निकालेको छ । निर्धारित समयमा निर्वाचन गर्न नदिने षड्यन्त्र गरिएको भन्दै एमालेले ती दलहरु विरुद्ध सशक्त आवाज उठाउने निर्णय पनि गरेको एमाले नेता गोकर्ण विष्टले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा नेताहरुले नयाँ सरकार गठनका सम्बन्धमा संविधानमा स्पष्ट उल्लेख नभएको भन्दै यही अवस्थामा अर्को सरकार बन्नै नसक्ने तर्क गरेका थिए । संवैधानिक अस्पष्टतालाई नै टेकेर सरकार लम्ब्याउने पक्षमा पार्टी नरहेको तर त्यसका लागि संविधान सशोधन गरिनुपर्ने तर्क एमाले नेताहरुको छ ।