रेखा मगर
दाङ, ५ साउन
दाङमा माटोको ढिस्कोले पुरिएर २ बालिका घाइते भएका छन । घाइते हुनेहरुमा तुलसीपुर नगरपालिका ११ अस्वारा निवासी १० वर्षिया पार्वती चौधरी र सोही ठाँउकी ६ वर्षिया पुष्पा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । dhisko

सोही ठाँउको वुटनिया भन्ने स्थानमा खेलिरहेका ति वालिकाहरुलाइ एक्कासी झरेको माटोको ढिस्कोले च्यापेको थियो ।

ढिस्काले च्यापेर घाइते भएका पुष्पालाइ अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको र पार्बतिको भने सोही अस्पतालमै उपचार भएको प्रहरीले जनाएको छ ।।