रुपन्देही । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले देश बनाउने र लोकतन्त्रलाई बलियो बनाउन जनताले फैसला गर्ने बेला आएको बताएका छन् । उनले ओलीले गरेको अहंकार र दम्भको फैसला जनताले यो पटक गर्ने समेत बताए ।

Open photo

शनिबार रुपन्देही क्षेत्र नं.१ अन्र्तगत देवदह नगरपालिकामा घरदैलो गर्ने क्रममा भुसालले संविधानलाई सफल कार्यन्वयन गर्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउने वा संविधान मास्नेको पक्षमा लाग्ने भन्ने फैसला जनताले गर्ने बेला आएको बताए ।

Open photo

उनले आफ्नो अहंकार र दम्भका कारण केपी ओलीले लोकतन्त्र र संविधान विरोधी काम गरेको आरोप लगाए । एमाले परित्याग गरी गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका भुसालले देशको विकासलाई द्रुत गतिमा अघि बढाउन र विकासको हिसावले रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउन आफु उम्मेदवार बनेको बताए ।

आफु पनि लामो समय एमालेमै रहेर काम गरेको प्रष्ट पार्दै उहाले केपी ओलीको दम्भ र अहमताका कारण पार्टीमा रहन नसकेको धारणा पनि राखे ।No description available.