२६ कात्तिक,दाङ- पुर्व सामान्य प्रशासन मन्त्री एवम् दाङ क्षेत्र नं.२ का उम्मेदवार रेखा शर्माले नेकपा एमालेले लुम्बिनी प्रदेशको राजधानी बुटवल फिर्ता लैजाने तयारी थालेकाे बताउनु भएको छ ।

Open photo

नेकपा एमालेले सुरु देखि नै प्रदेशकाे राजधानी बुटवल सार्न चलखेल गरेकाे उल्लेख गर्नुभयाे । शंकर पाेखरेल पार्टीकाे महासचिव बन्ने र भालुवाङकाे राजधानी बुटवल सार्ने सम्झौता पार्टी भित्र सम्झौता गरेकाे उल्लेख गर्नुभयाे ।

Open photo

भालुवाङ आएको राजधानी राेक्न गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयाे । नत्र दाङबाट प्रदेश राजधानी गुम्छ भन्नुभयाे । नेकपा एमालेले दाङ राजधानीकाे बिपक्षीमा सुरु देखि नै उभिएको भन्दै गठबन्धनकाे वलमा राजधानी प्राप्त गरेकाे धारणा राख्नुभयाे । घाेराही – १६ मा आयाेजित चुनावी भेटघाट कार्यक्रम बाेल्दै यस्तो बताउनु भएको हाे ।

पुर्व मन्त्री शर्माले आउदो प्रदेश सभाकाे पहिलाे बैठक भालुवाङमा बस्ने तयारी थालिएको छ । पुर्व मन्त्री शर्माले अबरुद्ध बाहुनडाँडाँ सिचाइ कुलो र बाटो निर्माण गर्ने बताउनुभयाे । त्यस अबसरमा क्षेत्र नं. २ (क) उम्मेदवार राजु खनाल र २ (ख) का प्रचण्ड विक्रम न्यौपाने राजधानी राेक्न गठबन्धनलाई मतदान गर्न अपिल गर्नुभयाे ।No description available.