घोराही । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज दाङको घोराहीमा मोटरसाईकल ¥याली गरिएको छ । स्वतन्त्र युवा अभियानको आयोजनामा मोटरसाईकल ¥याली र कोणसभा भएको हो । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि युवाहरुले मोटरसाईकल ¥याली गरेका हुन् ।
सत्ताका लागि होईन, सन्ततीका लागि, ओलीका लागि होईन, भोलीका लागि भन्ने नारा लगाउदै युवाहरुले मोटरसाईक ¥यालीको आयोजना गरेका हुन् । शहिद गेटबाट निकालिएको मोटरसाईकल ¥यालीले बजार परिक्रम गर्दै तुलसीपुर चोकमा कोणसभा गरेका छन् ।
राष्ट्रिय संबृद्धीको आधार, केपी नेतृत्वको सरकार भन्दै युवाहरुले नारा लगाएका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान जोगाउन काम गरेकाले उहाँको समर्थनमा प्रदर्शन गरेको युवाहरुको भनाई छ ।
