दाङ, साउन । प्रेस सेन्टर नेपाल ५ नं. प्रदेशको एकता भेलाले मौसम रोका संयोजक र तुफान अधिकारी सह संयोजक रहेको ७५ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गरेको छ । आज दाङको घोराहीमा सम्पन्न भेलाले ७५ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गरेको हो ।
मौसम रोकाको अध्यक्षता तथा प्रेस सेन्टर नेपाल केन्द्रिय कार्यालयका सदस्य सचिन रोकाको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा दाङ संयोजक जीवन गौतमको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलालाइ संवोधन गर्दै प्रमुख अतिथि रोकाले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुको संगठन सुदृढिकरणका लागी भेला र सम्मेलनहरु भइरहेको जानकारी दिनुभयो । पत्रकारीता राज्यको चौथो अंग भएकाले पत्रकारहरले समाजका लागी योगदान दिदै आफ्नो काम कर्तव्य भुल्न नहुनेमा जोड दिनुभयो ।
भेलामा नेपाल पत्रकार महाँसंघका केन्द्रिय सदस्य अजयदिप शर्मा, महाँसंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्य, प्रेस सेन्टर नेपालका केन्द्रिय कार्यालयका सदस्य मनोज घर्ती लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष डिल्ली मल्लको स्वागतवाट सुरु भएको भेलाको सहजीकरण केन्द्रिय सदस्य तुफान अधिकारीले गर्नुभएको थियो ।
