दाङ  साउन । दाङको देउखुरी क्षेत्रमा बिपद पर्दा उद्धार गर्ने अपर्याप्त  समाग्री नभएको त्यहाँका स्थानियले बताएका छन् । बर्षादको समयमा देउखुरी उपत्यकामा बाढिको उच्च जोखिममा रहे पनि प्रयाप्त उद्धार सामाग्री नभएको त्यहाँका स्थानियले बताएका छन् ।

5-1024x768वडा प्रहरी कार्यालय लमहीका अनुसार अहिले लाईफ ज्याकेट २३ थान, डोरी ५ सय मिटर, ट्यूव ३ वटा, स्टेचर एउटा र वेल्चा २ वटा मात्रै छन् । यो सामाग्री देउखुरीका लागी प्रयाप्त नभएकाले वडा प्रहरी कार्यालय लमहीका प्रहरी नावय निरिक्षक नरेश ढकालले बताउनुभयो । ती सामाग्रीले एक ठाउँमा हुने विपद् ब्यवस्थापन गर्न समेत राम्रो संग नपुग्ने उहाँको भनाई थियो ।

नदी तथा खोलाका कारण देउखुरी उपत्यकाका एक सय वढी वस्तीहरु वाढीको उच्च जोखीममा रहेका छन् । वाढी वस्तीमा पसिहाल्यो भने नागरिकहरुलाई उद्धार गर्न सामाग्री दाङमा अप्रयाप्त छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७२ मा उल्लेख गरिएका उद्धार सामाग्रीको तथ्यांक हेर्दा दाङमा विपद् ब्यवस्थापनमा चाहिने सामाग्री प्रयाप्त छैन् ।

उद्धार सामाग्री प्रयाप्त नभएपनि सम्भावित विपद् हुने क्षेत्रको पहिचान गरेर सुरक्षा निकाय र अन्य संघसंस्था उद्धारको तयारी अवस्थामा राखिएको स्थानीय प्रशासनले दाबि गरेको छ ।

दाङको विपद ब्यवस्थापन गर्न विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले बताउनुभयो । सोही योजना अनुसार विपद् ब्यवस्थापनको जिम्मेवारी वाँडफाँड पनि गरिएको उहाँले जानकारी दिनुभयो ।

विपद् ब्यवस्थापन गर्न र वाढीमा फसेकाहरुको उद्धारकालागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रसासन कार्यालयलाई तयारी अवस्थामा राखिएको उहाँको भनाई थियो ।।