दाङ, ४ साउन
अञ्चल प्रहरी कार्यालय तुलसीपुरले राप्तीमा भए गरेका कामको बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर दाङ सहित सल्यान, रोल्पा, रुकुम र प्युठानमा भएका विभिन्न खाले घटना र प्रहरीले अपराध न्युनकिरण लागि गरेको प्रयासका बारेमा जानकारी दिएको हो ।
आर्थिक बर्ष २०७२ श्रावन देखि २०७३ आसाढ अघिल्लो साउन महिना देखि अहिले सम्म भएका विभिन्न खाले घटना मध्य दाङ , सल्यान, रोल्पा र रुकुमको केहि घटना चर्चित भएको अञ्चल प्रहरी कर्यालय राप्तीका बरिष्ट प्रहरी उपरिक्षक प्रेम चन्दले जानकारी दिनु भयो ।
पत्रकार सम्मलेनमा सवारी दुर्घटना, कार्बाही, जुवा, फरार अभियुक्त पक्राउ, हातहतियार, अबैध लागुऔषध, आत्महत्या, कर्तव्य ज्यान, करणी, जस्ता विभिन्न खाले घटनाहरुको विषयमा जानकारी गराइएको थियो ।।
