इन्द्रेणी संवाददाता
४, असार, सल्यान ।
सल्यानमा विद्यालय गएका एक बालक हराएका छन् । जिल्लाको धनवाङ ६ धैरेनी घर भएका बुद्धि रोकाको १३ वर्षिय छोरा दिनेश अहिले सम्म पनि परिवारको सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ ।baby

गत असार ३१ गते प्रावि सातवास दाङमा कक्षा ५ को परीक्षा दिएर घर फर्किएका उनी बाटोबाटै हराएको उनका सानाबुवा टेक बहादुर रोकाले जनाए । बालक दिनेशका बुवा कामको शिलशिलामा मनाङमा रहेका छन् ।

आफन्तकहाँ सबैतीर सोधखोज गर्दा पनि पत्ता नलागेको भन्दै उनको परिवारले हराएका बालकको खोजि गरिदिन सबै संग आग्रह गरेको छ । सानाबुवा टेक बहादुरले वालक फेला पार्ने जोसुकैले पनि प्रहरी कार्याल वा मोवायल नम्बर ९८०९५७६४७२ मा खबर गरिदिन अनुरोध गरेका छन् ।।