काठमडौ ४ साउन । एक दम्पतिको सहमतिमा खिचिएको गोप्य क्रियाकलापको भिडियो तेस्रो ब्यक्तिले प्राप्त गरेपछि ती दम्पति अहिले प्रहरीको सरणमा परेका छन् ।
बिहे गरेको लामो समय बिते पछि श्रीमानले आफ्ना गोप्य क्रियाकलपाल खिच्न श्रीमतिलाई प्रस्ताब गरेका थिए । त्यो प्रस्ताव श्रीमतिले सहजै स्वीकार गरेपछि दुबै जनाको सहमतिमा गोप्य क्रियाकलापको भिडियो खिचिएको उनीहरुको भनाई छ । तर अहिले त्यो भिडियोको फाईदा तेस्रो ब्यक्तिले लिएको छ ।
ती तेस्रो ब्यक्ति उनीहरुकै चिने जानेको ब्यक्ति हो । जस्ले अहिले त्यहि भिडियो देखाएर सोहि दम्पति संग मोटो रकम मागिरहेको छ । तर दम्पतिले आफ्नो भिडियो सुरक्षित रहेको छ भनी ढुक्क भईरहेको समयमा चिनेकै ब्यक्तिले त्यही भिडियो देखाएर मोटो रकम मागे पछि उनीहरुलाई छांगाबाट खसे झै भयो ।
काल्पनिक जस्तो लाग्ने यो घटना एउटा उदाहरण मात्र हो यस्ता घटना अहिले देशभर नै छ्याप्छ्रयाप्ती भईरहेका छन् । प्रहरीले यस्ता क्रियाकलापको अनुसन्धान अगाडि बढाएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार भिडियो चोरी गर्ने व्यक्तिलाई पक्राउ पनि गरेको छ । अहिले ती दम्पति र भिडियो चोरी गर्ने तिनै जनाको नाम गोप्य राखेर अनुसन्धान शुरु गरेको छ ।
चोरी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि दम्पति केही ढुक्क भएपनि पूरै निश्चिन्त हुन नसकेको उनीहरुको भनाई छ । प्रहरीका अनुसार प्रविधिमा पहुँच सजिलो हुँदै गएका बेला पतिपत्नीले आपसी सहमतिमा खिचेका गोप्य दृश्य तेस्रो व्यक्तिसम्म पुग्न सक्ने सम्भावना नकार्न सकिँदैन । त्यस्ता बृकृति जन्य अश्लील दृष्य खिच्न कानुन दिदैन् । प्रहरी कहाँ यस्ता घटनाका उजुरीहरु दिन दिनै आउन थालेका छन् ।
आपसी सहमतिमा गोप्य क्रियाकलाप छायांकन गर्ने तर मनमुटाब भएपछि सार्वजनिक गर्ने धम्की दिएर फिरौती माग गरिएको पाइन्छ । फिरौती माग्न आफैं वा साथीलाई प्रयोग गर्ने गरिएको अनुसन्धानले देखाएका छन् ।महाशाखाको तथ्यांकअनुसार गत आर्थिक वर्षमा साइबरक्राइम आकर्षित हुने यस्ता ८ सय ३० वटा घटनाका उजुरी प्रहरीमा दर्ता छन्। तीमध्ये २३ वटा मात्र अदालत पुगेका छन्। आव ०७१र०७२ मा महाशाखामा दर्ता ३ सय ११ उजुरीमध्ये सात वटा मात्र अदालत पुगेका थिए।
महाशाखाको साइबर सेलका डिएसपी पशुपति राय अश्लील तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्ने, पेज ह्याक गर्ने र त्यसैका आधारमा फिरौती माग्ने गरिएको घटनामाथि यस वर्ष अनुसन्धान तीव्र पारिएको बताउँछन्। उनका अनुसार उपत्यकाभित्र र बाहिरसमेत साइबर क्राइमका घटना बढेका छन्।