२१-कार्तिक/ राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले आफ्नो पार्टीले देशको नेतृत्व गर्ने अवसर पाए बेथितिको अन्त्य गर्ने बताएका छन् ।

सोमबार दाङको तुलसीपुरमा पार्टीको चुनावीसभालाई सम्बोधन गर्दै संयोजक लामिछानेले मुलुकलाई बेथितिको चंगुलबाट मुक्त गराउने आफ्नो पार्टीको संकल्प रहेको बताए ।सिद्धान्त राम्रो भएका दलहरूले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जीवन परिवर्तन गर्ने बताए ।

आफूबाट देशलाई बिग्रार्ने काम नहुने प्रतिबद्धता जनाउँदै लामिछानेले देशका तमाम बेथितिको अन्त्य गरेर जनताको अवस्था परिवर्तन गर्ने बताए ।लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्को पटकको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने अपेक्षा राखेको बताए ।

घोराही–तुलसीपुर सडक निर्माण संगै अन्य विकासको काम हुन सकेन ।कार्यक्रममा पार्टीका दाङ निर्वाचन क्षेत्र नंं. ३ का उम्मेदवार कमल सुवेदीले दाङको विकासका लागी आफ्नो उम्मेदवारी रहेको बताए । उनले आफुले चुनाव जितेमा पाँच वर्ष भित्र विकासको गतिले दाङको मुहार फेर्ने बताए ।