ललितपुर– ३ की उम्मेदवार तोसिमा कार्कीले आफूलाई प्रतिस्पर्धाको मैदानबाट हटाउन खोजिएको आरोप लगाएकी छन्।
उनले सामाजिक सञ्जालमा निर्वाचन आयोग तोसिमाको उम्मेदवारी खारेजीको माग राख्दै अदालत जाँदै गरेको समाचार सेयर गर्दै आयोग विरुद्ध यस्तो आरोप लगाएकी हुन्।
‘सर्वोच्च अदालतले उम्मेदवारी कायम गरिसकेपछि पनि मलाई प्रतिस्पर्धाको मैदानबाट हटाउँछु, हटाएरै छोड्छु भनेर निर्वाचन आयोग नै किन यसरी लागिरहेको छ,’ उनले थाप लेखेकी छन्, ‘जनताले कसलाई रोज्नुहोला त्यो आफ्नो ठाउँमा छ।
नतिजा के होला त्यो आफ्नो ठाउँमा छ। तर मैले यो कानुनी राज्यमा म आफ्नै बलबुता, क्षमताले जनताको लागि केही गर्छु भनेर उम्मेदवारी दिएको व्यक्ति हो। मात्र मैले बैठकमा गएको बेला बैठक भत्ता लिएँ भनेर अब के मैले यो चुनावमा उठ्नै नपाउने?’
