इन्द्रेणी संवाददाता
काठमाडौं, २० कार्तिक। निर्वाचन आयोगले दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वलीलाई स्पष्टिकरण सोधेको छ । नेकपा एमालेकी उम्मेदवार वलीले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा दल र उम्मेदवारले बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था रहेको तर वलीले बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । उनलाई स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र दिन भनिएको छ ।