काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ। शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका १० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए । दुर्घटना हुँदा चालकसहित १६ जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ ।

बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ। घाइतेहरूको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।