इन्द्रेणी संवाददाता
दाङ, १९ कार्तिक । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनबारे जिल्लाका सञ्चारकर्मीहरुसँग अन्तत्र्रिmया गरेको छ । आज शनिवार घोराहीमा ‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका’ विषय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी निर्वाचनको विषयमा छलफल गरेको हो ।

सो अवसरमा सहभागीहरुले मंसिर ४ गतेको निर्वाचन देशको विकास र संमृद्धिसँग जोडिएको र यो निर्वाचनले पाँच वर्षसम्मका लागि संसद चयन गर्ने भएकाले यसलाई निष्पक्ष, भएसहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नसञ्चारकर्मी र सञ्चारमाध्यमहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए । जसका लागि सञ्चारकर्मीहरुले निर्वाचन आयोगको आचारसंहिता र आफ्नो पेशागत आचारसंहितालाई ख्याल गर्दै निष्पक्ष र सत्यतथ्यमा आधारित सूचना सम्प्रेशन गर्नुपर्ने सरोकारवालाहरुको जोड थियो ।

कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायण प्रसाद भण्डारीले निर्वाचन आयोगले गरिरहेको निर्वाचनको तयारी, आमजनता, उम्मेदवार र सञ्चारकर्मीहरुले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता, आचारसंहिता उल्लंघन गरेमा हुने कारवाहीको व्यवस्थालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकारहरुले पालिना गर्नुपर्ने पेशागत आचारसंहिता, निर्वाचनमा निष्पक्ष र सत्यतथ्य सूचना संकलन कसरी गर्नेलगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रमुख निर्वाचन अधिकृत कृयासुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मंसिर ४ गते जिल्लामा हुने निर्वाचनलाई निष्पक्ष, भएरहित र शान्तिपूर्ण बनाउन तयारी भएरहेको जानकारी दिए । उनले यो निर्वाचनलाई शान्तिपूर्ण, भएरहित र निष्पक्ष बनाउन सञ्चारकर्मीहरुको पनि उतिकै दायित्व भएकाले सहयोगीको भूमिका निर्वाह गर्न पनि अनुरोध गरे । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवरले निर्वाचन आयोगबाट लिन सकिने सूचनाका प्राविधिक विषयमा जानकारी दिएका थिए ।

सो अवसरमा निर्वाचन कार्यालयले कार्तिक १८ गतेदेखि मंसिर ४ गतेसम्म जिल्लाका सबै क्षेत्रमा मतदाता शिक्षा कार्यक्रम शुरु गरेको र सो क्रममा दशवटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिइएको थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले निर्वाचनको समयमा निर्वाचनसम्बन्धी गतिविधिका सूचना संकलन गर्न सहज वातावरण बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।
ैै