‘कुमारी आमा’को रूपमा चिनिएकी निहारिका राजपुत (सोनाली सिंह)को छोरा र उनले आरोप लगाउँदै आएका शिवराज श्रेष्ठको डिएनए मिलेको छ । उनीहरूको डिएनए ‘म्याच’ देखिएको रिपोर्ट शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट उच्च अदालत जनकपुर पुगेको हो ।
निहारिकाले शिवराज श्रेष्ठले गरेको जबर्जस्ती करणीबाट छोरा जन्मिएको दाबी गर्दै आए पनि उनले भने अस्वीकार गरेका थिए । विवादित उक्त मुद्दा उच्च अदालत जनकपुरमा विचाराधीन छ ।
‘प्रतिवेदनमा ९९.९९९ प्रतिशत डिएनएन म्याच भएको देखिएको छ । डिएनए परीक्षणको परिणाम नआइसकेकाले अदालतले श्रेष्ठलाई साधारण तारेखमा छाडेको थियो । आउँदो २५ कात्तिकमा उनको तारेख छ । अब त्यही तारेखका दिन यो मुद्दाको सुनुवाइका लागि अर्को पेसी तोकिनेछ । सम्भवतः अब चुनावपछि मात्रै हुनेछ,’ उच्च अदालत जनकपुरकी प्रवक्ता नूतन झाले जानकारी दिइन् ।नयाँ पत्रिकाबाट
