काठमाडौं १९ कात्तिक । बलात्कार मुद्दा लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा चलान भएका छन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ‘प्रतिवादी निर्दोष रहेछन् भनी मान्न नमिल्ने’ ठहर गर्दै थुनामा रहेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको हो ।