काठमाडौं, १८ कार्तिक । नेपाल आयल निगमले पछिल्लो डेढ महिनामा पौने दुई अर्ब नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अकासिएको भन्दै उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा भने उपभोक्तालाई राहत दिएको छैन । बरु, अझै घाटामै रहेको भन्दै पुरानै मूल्य कायम राखेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले प्रत्येक १५ दिनमा निगमलाई तेल खरिदको नयाँ सूची पठाउने गरेको छ । आइओसीले १५ असोज, ३० असोज र १५ कात्तिकमा मूल्य घटाएर सूची पठाएको थियो । निगमले मूल्य नघटाई बेचेर डेढ महिनामा एक अर्ब ७५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

अहिले जे गरे पनि हुन्छ जस्तो भइरहेको छ । एकातिर हामी निजी क्षेत्रलाई इन्धन कारोबारको अनुमति दिनुहुन्न पनि भनिरहेका छौँ । त्यही एकाधिकारको फाइदा उठाउने काम आयल निगमबाट भइरहेको छ । इन्धन नेपालमा उपभोक्तामाथि शोषण गरिने वस्तुका रूपमा चिनिएको छ । आयल निगमका व्यवस्थापकहरूमा निगम घाटामा हुँदा भाउ बढाइहाल्ने, तर नाफामा जाँदा भने चुप लागेर बस्ने प्रवृत्ति देखिन्छ ।

तर आयोगका प्रवक्ता विनीतमणि उपाध्यायले अहिले पनि निगम १९ अर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको बताए ।
नयाँ पत्रिकाबाट