इन्द्रेणी संवाददाता
नारायणपुर, २७ चैत
नारायणपुर उद्योग वाणीज्य संघको आयोजनामा हिजोदेखी नारायणपुरमा ‘त्रिपुर व्यापारिक, कृषी तथा पर्यटन महोत्सव २०७२’ मा आज भव्य सांस्कृतिक कार्यक्रम भएको छ । केन्द्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिमा महोत्सवमा दर्शकहरु रमाएका छन् आज दोस्रो दिन दोस्रो दिन गायीका ज्योति मगरले दर्शकहरुलाई नचाईन् । अहिलेको समयकी चर्चीत गायीका एवं मोडल ज्योतिले दर्शकहरुलाई आफ्नो धेरै गीतबाट मनोरञ्जन प्रदान गराउनुभयो ।

jjjjjjjjjjjjjjjjjjjjjjj (1)

उहाँले आफ्नो स्वरमा रहेका गीत एवं आफूले अभियन गरेको गीतहरु प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतिमा युवाहरु छमछमी नाचेर साथ दिएका थिए । यस्तै कार्यक्रममा गायीका सम्झना मगर, कलाकारहरु प्रेम शर्मा, देवकला बस्नेत, रोहन वली, बसन्त चौधरी, समीक्षा पौडेल, सरद समीप, टोपेन्द्र विष्ट लगायतले आफ्नो प्रस्तुति राख्नुभएको थियो । आजको कार्यक्रमको सहजिकरण शोभा त्रिपाठीले गर्नुभएको थियो ।

‘कृषी व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमुल्य योगदान’ भन्ने मूल नाराका आयोजना गरिएको महोत्सवमा भोली चर्चीत गायक मिलन लामा, तिलक वली लगायत स्थानीयक कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक धनेश्वर आचार्यले जानकारी दिनुभयो । शवदाह गृह निर्माण गर्ने मुख्य उद्धेश्य र स्थानीय उत्पादनको बजारिकरण, स्थानीय भाषा, धर्म, साहित्य, कला परम्परागत सीप तथा संस्कृतिको संरक्षण, प्राकृतिक, संस्कृतिक, धार्मीक पर्यटकीय स्थलको प्रचारप्रसार एवं व्यवसायीक चेतना अभिवृद्धि गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार गर्ने र करिब १ लाख ५० हजार दर्शकहरुले महोत्सवको अवलोकन गर्ने महोत्सवका प्रचारप्रसार संयोजक भोला बुढाथोकीले जानकारी दिनुभयो । महोत्सवम करिब २ सय ५० स्टलहरु रहेका छन् ।

महोत्सवका प्रवेशकालागी ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुकोलागी ३५ रुपैयाको टिकटको व्यवस्था गरिएको छ ।