२७ चैत्र, दाङ ।
नवि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सौडियार ८ को आठौं बार्षिक साधारणसभा आज घोराहीमा सम्पन्न भएको छ ।

feature

संस्थाका अध्यक्ष अशोक चौधरीको अध्यक्षता तथा सहकारी शिक्षा प्रशिक्षक नारायण लम्सालको प्रमुख आतिथ्यमा भएको साधारणसभाले अध्यक्ष अशोक चौधरीले पेश गर्नुभएको प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष भरत चौधरीले पेश गर्नुभएको आर्थिक प्रतिबेदन पारित गरेको छ ।

साधारणसभाले संस्थाको कार्यालय स्थापनाका लागी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कार्यक्रममा सो संस्थामा नियमित कारोबार गर्ने शेयर सदस्यहरु मध्य ३ जना उत्कृष्ट बचतकर्ता, ३ जना नियमित असल ऋणी र ३ वटा उत्कृष्ट बचत समुहहरुलाई पुरस्कृत गरिएको थियो ।

सञ्चालक समिति सदस्य सरिता चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमा संस्थापक सदस्य खिमानन्द चौधरी, शेयर सदस्य रिमा नेपाली लगाएतकाले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण शेयर सदस्य माधब चौधरीले गर्नुभएको थियो ।।