इन्द्रेणी संवाददाता
दाङ, २९ चैत्र
दाङका विभिन्न स्थानमा फैलिएको आगलागी घटनाका पीडितहरु विचल्लीमा परेका छन । दाङको राजपुर ९ खिक्रि नाकामा हिजो वेलुका आगलागी हुँदा ११ वटा घरगोठ जलेर नष्ट भएपछि त्यहाँका स्थानीय विचल्लीमा परेका छन । केहिदिनदेखी भारतीय जंगलमा फैलिएको आगो खिक्रि नाकामा फैलिएपछि ११ वटा घरगोठ जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
picभारततर्फवाट फैलिएको आगोले पहिले स्थानीय बलवहादुर खड्काको घरमा आगलागी भएको र अन्य घरहरुमा पनि फैलिएको थियो । आगलागीमा मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । घरमा रहेका लत्ताकपडा, अन्नपात, महत्वपुर्ण कागजात सवै जलेर नष्ट भएपछि अग्निपीडितहरु विचल्लीम परेका हुन ।

खानेपानीको समेत समस्या रहेको त्यस क्षेत्रमा आगो निभाउन माटो र हरियो घाँस प्रयोग गरिएको थियो । झण्डै ५ घण्टाको पैदल हिडेर घटनास्थल पुगेको सीमा प्रहरी चौकी भैसाहीको टोली र स्थानीयले राति करिव ९ वजेतिर मात्र आगो नियन्त्रणमा लिएका थिए । आगलागीवाट भएको क्षतिको विवरण भने आउन नसकेको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।

यस्तै, देउखुरीको लालमटिया ७ सानीघोषका अग्नीपिडित भोक भोकै वस्न वाध्य भएका छन । शुक्रवार दिउसो सानीघोष गाउँमा आगो लाग्दा पाँच घर र ६ गोठ गरी ११ घर गोठ जलेर नष्ट भएका थिए । सानीकोषका ४९ जना मानिस विस्थापित भएका छन् । अग्नीपिडितहरुको विचल्ली हुदा पनि सरकारी निकायले ध्यान नदिएको उनीहरुको गुनासो छ । छिमेकी आफन्तको घरमा रात काटिरहेका अग्नीपिडितहरुले सहयोगको माग गरेका छन् ।

यसैविच, दाङको सै घा १ को  जंगलमा आगलागी हुँदा पाइप नष्ट भई गाउँमा जाने  खाने पानी अवरुद्ध भएको  छ । खाने पानी अवरुद्ध हुँदा सै घा–१ बयालीको टका ६० घर परि वार  खो लाबाट पानी बो के र  प्रयो ग गर्न बाध्य भएका छन । अस्ती जंगलमा भएको  आगलागीका कार ण साढे  तीन सय मिटर  पाइप जले को  थियो ।

यसअघि रो ल्पा र  दाङको  सिमानामा र हे को  कालो खो लामा र हे को  मुहानबाट पानी गाउँमा आउने  गरे कोमा अहिले पानी आउन छाडेको छ । पाइप किन्न स्थानीयसँग र कम नभएकाले  तत्काल खाने पानी कार्यालयबाट पाइपको  व्यवस्था गरि दिन स्थानीयले  माग गरे को एकीकृत ने कपा माओ वादी सै घा गाउँ समिति सचिव जंग रो काले जानकारी दिनुभयो ।।