इन्द्रेणी संवाददाता
दाङ, ४ साउन
युवाहरुलाई स्वरोजगार वनाई राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउन दाङमा १ करोड ४ लाख ४८ हजार रकम वितरण गरिएको छ । व्यवसायीक पशुपालन गरेका युवाहरुलाई प्रोत्साहनका लागि सरकारको नीति अनुसार प्याकेजमा अनुदान सहयोग वितरण गरिएको जिल्ला पशुसेवा कार्यालय दाङले जनाएको छ । yong

कार्यालयका पशु चिकित्सक रमेश प्रसाद नेपालीले पशुपालन, माछापालन, वाख्रापालन र पशुपंछी प्रवद्र्धन लगायतका शिर्षकमा कार्यालयले उक्त रकम अनुदान सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । जिल्ला पशुसेवा कार्यालय दाङले गत आर्थिक वर्ष ०७१÷०७२ को उक्त अनुदान सहयोग वितरण गरेको हो ।

कार्यालयले युवा लक्षित स्वारोजगार कार्यक्रम अन्र्तगत गाई तथा भैंसी पालनमा १ लाख देखि २ लाख २५ हजार सम्म १२ जना किसानहरुलाई रकम वितरण गरेको छ । त्यस्तै १६ लाख ३५ हजार वाख्रा पालनमा वितरण भएको छ ।

जसमध्ये २ जना किसानलाई जनही २ लाखका दरले ४ लाख गोठ तथा खोर सुधार, मासु पसल प्रवद्र्धनमा खर्च गरिएको छ । त्यस्तै डेरीको विकासमा ८ जना किसानहरुलाई १६ लाख ३५ हजार वितरण गरिएको नेपालीले बताउनु भयो  ।3 जिल्लाका विभिन्न सहकारीहरुलाई निक्षेपीकरण कार्यक्रम अन्र्तगत २१ लाख अनुदान सहयोग उपलब्ध गराएको र अन्य सामान्य सहयोगमा पनि ३५लाख वढी रकम सहयोग उपलब्ध गराईएको छ ।।