दाङ, ४ साउन
देबिप्रसाद धिताल (हेमराज) प्रतिष्ठान तलसीपुरले भोली बुधबार स्वर्गीय हेमराजको स्मृतिमा बिशेष अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालिन अध्यक्ष एवं राप्ती यातायात ब्यबसाय समितिका पुर्बअध्यक्ष देविप्रसाद धिताल (हेमराज)को २०६७ साल साउन ६ गतेका दिन गोलि हानि हत्या भएको थियो ।
उरहरीको हेमनगरमा समसाँझै हेमराजको अज्ञात समुहले लखेटी–खलेटी गोलि हानि हत्या गरेको वर्षाै विति सक्दा समेत हत्याराको पहिचान हुन सकेको छ्रैन । मानव अधिकारको क्षेत्रमा समेत क्रियासील हेमराजको हत्या भएको ६ बर्षपुरा हुन नसक्द आम नागरिकले निकै चासो र चिन्ताका साथ उक्त घटनालाई हेरि रहेका छन् ।
हेमराज हत्या काण्डको वारेमा प्रहरीले हत्याराको नजिक पुगेको बताएपनि घटना रहस्यमय बन्दै गएको छ । यसैबीच प्रतिष्ठानले दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहको आतिथ्यमा बिशेष अन्तरक्रिया कार्यक्रम गर्ने कार्यबाहक अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।
भोली बुधरबार बिहान साडे १० बजे राप्ती अञ्चल यातायात वस व्यवसायी समितिको प्राङणनमा स्थापना गरिएको स्वर्गीय धितालको अर्धकदको शालिकमा माल्र्यापण गरिने छ भने ११ बजे बिशेष अन्तरक्रिया कार्यक्रम गरिने छ । प्रतिष्ठानले प्रत्येक बर्ष स्मृति कार्यक्रममा गर्दै आएको सम्मान तथा पुरस्कार बितरण समेत गर्ने छ ।
जसमा शिक्षा,सञ्चार,मानव अधिकार र यातायात क्षेत्रमा योगदान पु–याउनुहुने बिभिन्न ब्यक्तीलाई सम्मान तथा पुरस्कृत गरिने हमालले जानकारी दिनुभयो ।।





