इन्द्रेणी संवाददाता
दाङ, ४ साउन
दाङ क्षेत्र नं १ अन्तर्गत ३ गाविसका स्थानीयहरुले मत परिचय पत्र र उप मत केन्द्र स्थापनाको माग गरेका छन ।  क्षेत्र नं. १ मा पर्ने जिल्लाका राजपुर, वेला, कोईलावास गाविसका स्थानियहरुले मत परिचय पत्र र उप मत केन्द्र स्थापनाका माग राख्दै जिल्ला प्रसासन र जिल्ला निर्वाचन कार्यालयमा ज्ञापन पत्र वुझाएका छन ।matadata

तीन गाँउ विकास समितिका २२ नाका समितिका संयोजक रामराजा सेन ठकुरीले आफुहरुले अझै सम्म पनि मतदान गर्न नपाएको भन्दै मतदान गर्ने प्रमाण र स्थान तोक्न प्रसासनसंग माग गरेको जानकारी दिनुभयो । अझैसम्म नाकावासीहरुले मतदान गर्ने अधिकार नपाएको भन्दै आफ्नो अधिकार दिलाउन प्रशासनलाइ जिम्मेवार वनाउन ज्ञापनपत्र बुझाएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र न. १ अन्र्तगत पर्ने ३ गाविसका करिव ८ हजार मतदाताहरु अझै पनि मतदानवाट वञ्चित रहेको भन्दै स्थानीय प्रसासनसंग मत परिचय पत्र र उप मत केन्द्रको व्यावस्थाको माग गरेका हुन । ज्ञापनपत्रमा फोटो सहितको मतदान परिचय पत्र नपाएको भन्दै तत्काल फोटो सहितको मत परिचय पत्रको व्यावस्था गर्न माग गरिएको छ ।

तीन गाविसमा गरी ८ हजार मतदाताहरु भौगोलिक विकटता कारण ३० किलो मिटरको अग्लो पहाड पार गरी मतदान गर्न जानुपर्ने वाध्यता रहेको भन्दै उनीहरुले त्यस्तो माग गरेका हुन ।।