काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् । काठमाडौं ६ बाट नेकपा एमालेको  उम्मेदवार बनेका खनाल पूर्वप्रहरी प्रमुख भएका कारण पनि चर्चामा छन् । कुनै बेला इन्काउन्टर स्पेसलिस्टको समेत उपाधि पाएका खनाल केही समयअघि मात्र औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका थिए ।

४ मंसिर को निर्वाचनमा ३० वर्षे सेवा अवधि पूरा गरेर राजनीतिमा होमिएका खनाल नेपाली कांग्रेस नेता भीमसेनदास प्रधानसँग चुनावी प्रतिस्पर्धामा छन् । खनालको संयोग नै मान्नुपर्छ उनका दाजु सुविर खनाल जो गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री हुँदा प्रमुख स्वकीच सचिव तथा सल्लाहकार थिए उनी कांग्रेस राजनीतिमा छन् ।

खनाल भन्छन- काठमाडौं ६ का जनताले गर्व गर्ने जनप्रतिनिधि बन्नेछु