मंसिरमा ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् । गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट १ /१ जना सदस्य रहने गरी समिति बनाएको छ ।

अनि चारै दलले आआफ्नै घोषणापत्रसमेत तयार गर्दै छन् ।साझा अपिल बनाउन समितिमा नेपाली कांग्रेसबाट प्रवक्ता डा। प्रकाशशरण महत,  माओवादी केन्द्रबाट हितमान शाक्य, एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन् ।

कांग्रेसबाट प्रवक्ता डा। प्रकाशशरण महत भन्छन ! हामी साझा अपिल तयार गर्दै छौं, संविधानको रक्षा, स्थायीत्व, विकास र समृद्धिका विषय साझा अपिलमा रहनेछन्, घोषणापत्र भने हाम्रो आआफ्नै बन्छन्,