३१-असोज/ दाङमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । पश्चिम दाङमा  मृत फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बबई गाउँपालिका वडा नम्बर ७ स्थित बेलासपुरघाटमा अन्दाजी ३५ वर्षिय महिलाको शव भेटिएको हो ।

मृतको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।